“तँ भालु होस्”

मैले उनलाई देखेको दिन देखि एकदमै मन पराए । म एकोहोरो प्रेममा परिरहें । उनलाई कति धेरै पटक भनें कि म उनलाई माया गर्छु । १ बर्ष सम्म मैले उनलाई प्रेम प्रस्ताब राखीनै रहें । फेसबुकमा मैले प्रेम प्रस्ताब राख्दा पनि उनलाई वाक्क दिक्क लाग्दो हो । सायद उनको अर्कै प्रेमी थियो । उनले मलाई ब्लक गरिनै रहन्थिन । म अरु अरु अकाउन्ट बनाएर उनलाई फ्रेन्ड रिक्वेस्ट पठाईनै रहन्थीए । कति नै गर्दा पनि भएन सायद उनलाई मेरो हर्कत मन पर्दैन थियो वा भनौं न उनि म देखि वाक्क नै भइसकेको थिइन् वा उनि मलाई मन देखि नै घृणा गर्थिन । म उनको प्रेममा पागल भएको थिएँ । मलाई कुनै हालतमा पनि उनको प्रेमी बन्नु थियों । मैले एकदिन उनलाई सोधें “के तिम्रो कुनै प्रेमी छ ?” उनले भनिन्, “भर्खरै देखि एउटा केटा मन पर्न थालेको छ । सायद उ नै मेरो प्रेमी होला ” । मलाई छाँगा बाट खसेको जस्तै भयो र मैले उत्तर दिएँ “त भालु होस्” र मैले ब्लक गरिदिएँ त्यहाँ देखि मैले उनको बारेमा केहि पनि सुनेको छैन ।

तपाईं कसैलाई माया त गर्न सक्नुहोला तर मन देखि माया गर्न निकै नै गाह्रो हुन्छ । के थाहा तपाईले गरेको माया सिर्फ उनलाई पाउन लागि मात्र त हैन? यदि तपाईको माया साँचो हो भने तपाई उनलाई सधै नै सम्मान गर्नुहुन्छ । एकचोटी सोच्नुहोस के तपाई उनको खुशीमा आफ्नो पनि खुशी देख्नु हुन्छ ?

यो सानो कथा काल्पनिक भए पनि हाल समाजमा कहीं कतै यस्तो घटना घटिरहेको देख्न सकिन्छ । 

 

Leave a comment